काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रस्तावित १७ मध्ये ३ देशका राजदूतलाई अनुमोदन गर्न अस्वीकार गरेको छ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा रास्वपाका सांसद डीपी अर्यालले तीन राजदूतलाई अनुमोदन गर्न नसकिने बताएका छन् ।
संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकमा अर्यालले इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठ र मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमल्सिनालाई अनुमोदन गर्न नहुने बताएका हुन् ।
सूचना लुकाएको अभियोगमा अदालतबाट सजाय पाएका पण्डित, अदालतमा सरकारविरुद्ध मुद्दा लडिरहेका तिमल्सिना र मानवअधिकार आयोगको सदस्य भइसकेका श्रेष्ठलाई राजदूत बनाउन नहुने अर्यालले बताएका हुन् ।
रास्वपाले अनुमोदन गर्न अस्वीकार गरेसँगै समितिले बहुमतबाट निर्णय लिने भएको छ । १५ सदस्यीय समितिमा कांग्रेस र एमालेको समान ५-५ गरी १० जना सदस्य रहेको हुँदा दुई दलले चाहँदा उनिहरु अनुमोदन हुनेछन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच