काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी उपनिर्वाचनको तयारी गर्न पार्टी पंक्तिलाई सुर्कलर पठाएको छ । उपनिर्वाचनको मिति घोषणा नहुँदै नेकपा एसले उपनिर्वाचन लड्नको लागि रिक्त स्थानमा पार्टीको अवस्थाबारे खोजी गरेको हो ।
महासचिव घनश्याम भुसालले सर्कुलर पठाउँदै भनेका छन्, ‘विगत संसदीय निर्वाचनमा प्रयोग भएको मतदाता नामावली पार्टी कार्यालय वा पार्टीका जिम्मेवार कमरेडहरूको साथमा हुन सक्छ तत्काल सोको अध्ययन गरी सूचीमा नाम समावेश गराउने विषयमा ध्यान दिनु हुनेछ ।’ उपनिर्वाचनको तयारीका सम्बन्धमा महासचिव भुसालले चार बुँदे निर्देशन पनि जारी गरेका छन् ।
१) निर्वाचन हुने स्थानीय तहमा हाम्रो पार्टीको अवस्था र वस्तुस्थितिको कस्तो छ ?
१) निर्वाचनमा खडा गरिने उम्मेदवारको खोजी र घोषणा साथै निर्वाचनमा अन्य पार्टीसँग तालमेल हुन सक्ने अवस्था छ छैन ? त्यसको तथ्य परक विश्लेषण गरी पठाउने ।
३) निर्वाचन केन्द्रित (दशैँ, तिहार, छठ आदि) कार्यक्रम गरी जनता माझ पार्टीलाई पुर्याउने ।
४) निर्वाचन तयारीसम्बन्धी अन्य आवश्यक तयारी गर्ने ।
निर्वाचन आयोगले निर्वाचन हुने मिति घोषणा गर्नुअघिसम्म हालको मतदाता सूचीमा नाम नभएकाहरूको नाम समावेश गर्न पाइने हुँदा तुरुन्त जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गरी मतदाता सूचीमा पार्टी समर्थकहरूको नाम समावेश गराउन ध्यान दिन भनिएको छ । उपनिर्वाचनको लागि नेकपा एसले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच