फेरि एउटा नयाँ आन्दोलनको तयारीमा छौँः प्रधानमन्त्री दाहाल

फेरि एउटा नयाँ आन्दोलनको तयारीमा छौँः प्रधानमन्त्री दाहाल

अर्थ चौतारी

फेरि एउटा नयाँ आन्दोलनको तयारीमा छौँः प्रधानमन्त्री दाहाल

A A- A+

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र, वर्ग र जनताको निम्ति फेरि एउटा नयाँ आन्दोलनको तयारीमा रहेको बताएका छन्।बिहीबार काठमाडौँमा जनसाँस्कृतिक महासंघ नेपालको राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उनले क्रान्तिको बाटो सरल रेखामा नजाने बताउँदै सरकारको तर्फबाट सुशासन, सामाजिक न्याय र समृद्धिको मात्रै कुरा नगरिएको बताए।उनले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई गम्भीरताका साथ हेर्ने हो भने समाजवादको बीउ रोप्ने प्रयास गरिएको उल्लेख गरे।उनले समाजवादको निम्ति एकता आवश्यक रहेको पनि बताए। उनले सामाजिक न्याय, सुशासन र समृद्धिको कुरा गर्नुको तात्पर्य समाजवादको आधार तयार पार्नु रहेको उल्लेख गरे।उनले कृषिलाई आधार बनाएर र आईटीलाई अगाडि बढाएर मात्रै समाजवादी यात्रामा अघि बढ्नसक्ने बताए। समाजवादको सोच र रुपान्तरणको अभियान साँस्कृतिक रुपान्तरणको अभियान भएको उनको भनाइ थियो।उनले भने,’राष्ट्रको निम्ति, वर्ग र जनताको निम्ति फेरि पनि एउटा नयाँ आन्दोलनको तयारीका रुपमा हामी अघि बढिरहेका छौँ। अहिले हेर्नुभयो भने सरकारको तर्फबाट पनि खालि सुशासन, सामाजिक न्याय र समृद्धिको मात्रै कुरा गरिएको छैन, भर्खरै अघि सारिएको नीति कार्यक्रमलाई गहिरो गरी हेर्नुभयो भने वा अस्तिमात्रै प्रस्तुत भएको बजेटलाई राम्रोसँग हेर्नुभयो भने समाजवादका भ्रुणहरु, समाजवादको बीउ रोप्ने प्रयास गरिएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?