गुराँस लघुवित्तले १५ प्रतिशत बोनस दिने

गुराँस लघुवित्तले १५ प्रतिशत बोनस दिने

अर्थ चौतारी

गुराँस लघुवित्तले १५ प्रतिशत बोनस दिने

A A- A+

काठमाडौं– गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत लाभांश (बोनस) दिने भएको छ । कम्पनीका सचिव भेष बहादुर बस्नेतका अनुसार १ करोड ४४ लाख ४९ हजार ५०० रुपैयाँ बराबरको १४.२५ प्रतिशत बोनस शेयर दिने भएको छ । त्यस्तै कर प्रयोजनका लागि ७ लाख ६० हजार ५०० रुपैयाँ बराबरको ०.७५ प्रतिशत नगद लाभांश दिने भएको हो ।गुराँस लघुवित्तको हाल चुक्ता पुँजी १० करोड १४ लाख रहेको छ । उक्त बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयर धनीलाई वितरण गर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?