गुल्मी । गुल्मीमा करेन्ट लागेर एक जना युवा घाइते भएका छन् । घाइते हुनेमा अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका–८ नेटाका १६ वर्षीय विजय परियार छन् ।
परियार बिहीबार विहान गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–६ नेटाखर्क बस्ने अर्जुन थापाको बारीको ढिकमा रहेको आरु बखडाको फल टिप्ने क्रममाकरेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।
बखडा टिप्ने क्रममा रुखमाथि रहेको बिजुलीको हाइटेन्सन लाइनको तारले छोइएर करेन्ट लाग्दा दाहिने हात, बाँया खुट्टा र छातिमा चोट पुर्याएको प्रहरीले जनाएको छ । परियारलाई उपचारको लागि गुल्मी अस्पतालमा ल्याइएको थियो ।
उपचारको लागि गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पा रिफर भएको प्रहरीले जनाएको छ । घाइते परियार बोल्न नसक्ने अवस्था मध्यम रहेको पोखरेलले बताए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच