बलिउड अभिनेता अभिषेक बच्चनले नयाँ अपार्टमेन्ट किनेका छन्। उनले मुम्बईमा ६ लग्जरी अपार्टमेन्ट किनेका हुन्। जसको मुल्य १५ करोड ४२ लाख भारू बताइएको छ। भारतीय सञ्चारमाध्यम बलिउड तड्काका अनुसार अभिषेकले ओबेराय रियल्टीद्वारा ओबेराय स्काई सिटी प्रोजेक्टमा ६ अपार्टमेन्ट किनेका हुन्। यो अपार्टमेन्ट कुल ४ हजार ८९४ स्क्वायर फुटमा फैलिएको छ। ६ अपार्टमेन्टमा दुई २५२ स्क्वायर फुटमा फैलिएको छ भने दुई ११०० स्क्वायर फुट र बाँकी १०९४ स्क्वायर फुटमा फैलिएको छ। यस अपार्टमेन्टमा १० वटा कार पार्किङ पनि छ। अभिषेक छिट्टै शुजित सरकारको फिल्ममा देखिनेछन्। यो फिल्मपछि उनी कमेडी फिल्म 'हाउसफुल ५' मा देखिनेछन्।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच