आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

अर्थ चौतारी

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ ...

A A- A+

काठमाडौं, भदौ २५ । आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा शहरी विकासमन्त्री प्रकाशमानसिंह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसंग मौखिक प्रश्नोत्तर हुने संसद सचिवालयले जनाएको छ।

यस्तै बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नेछन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

मन्त्री गुरुङले नै ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१ पारितका लागि प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ। त्यस्तै, दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट महान्यायाधिवक्ताको वार्षि प्रतिवेलन, २०७९/८० पेश हुनेछ।

यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले समितिको पाँचौँ वार्षिक प्रतिवेदन २०८०/८१ पेश गर्नेछन्। राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले सभाका विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोक्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?