विशिष्ट व्यक्तिका लागि खटिएका २७१ सुरक्षाकर्मी फिर्ता

विशिष्ट व्यक्तिका लागि खटिएका २७१ सुरक्षाकर्मी फिर्ता

अर्थ चौतारी

विशिष्ट व्यक्तिका लागि खटिएका २७१ सुरक्षाकर्मी फिर्ता

A A- A+

काठमाडौं । गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षाका लागि खटाइएका २४१ जना फिर्ता गरेको जनाएको छ ।गृहमन्त्री रवि लामिछानेको सय दिने उपलब्धि जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा २७१ जना सुरक्षाकर्मी फिर्ता भएको जानकारी गराइएको हो ।नेपाल प्रहरीतर्फ १०७ जना र सशस्त्र प्रहरी बलतर्फ १३४ जनालाई फिर्ता बोलाउने कार्य भएको गृहमन्त्री लामिछानेले पत्रकार सम्मेलनमा जानकारी गराए ।सुरक्षाकर्मीलाई शान्ति सुरक्षा तथा अपराध नियन्त्रणलगायत तोकिएका मुख्य कार्यमा केन्द्रित गर्न विशिष्ट व्यक्तिहरूका लागि खटिएका सुरक्षाकर्मी फिर्ता गरिएको मन्त्रालयले जनाएको छ ।प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेक अन्य सबै व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिइएको समेत मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?