काठमाडौं । बंगलादेशको एक अदालतले मंगलबार पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको हत्याको मुद्दा स्वीकार गरेको छ । मुद्दा कोटा सुधार आन्दोलनका क्रममा राजधानी ढाकाको मोहम्मदपुर क्षेत्रमा किराना पसल सञ्चालक अबु सइदको हत्यासँग सम्बन्धित रहेको ढाका ट्रिब्युनले जनाएको छ ।
ढाकाको चिफ मेट्रोपोलिटन मजिस्ट्रेट (सीएमएम) अदालतका मजिस्ट्रेट राजेश चौधरीले प्रहरीलाई हसिनासहित अन्य ६ जनाविरुद्ध एफआईआर दर्ता गर्न आदेश दिएका हुन् ।
अदालतले दण्ड संहिताको सेक्सन ३०२ अन्तर्गत मुद्दा दायर गर्न भनेकाले अभियुक्तहरूविरुद्ध पक्राउ पुर्जी जारी गरिने छ ।
अन्य अभियुक्तहरूमा अवामी लिगका महासचिव ओबैदुल कादेर, पूर्वगृहमन्त्री असदुज्जमान खान कमल, पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) चौधरी अब्दुल्लाह अल मामुन, पूर्वडीबी प्रमुख हरुनोर रशिद, पूर्वडीएमपी आयुक्त हबिबुर रहमान र पूर्व डीएमपी सह आयुक्त विप्लव कुमार छन्। ।
यसबाहेक धेरै अज्ञात उच्च प्रहरी अधिकारी र सरकारी अधिकारीहरूविरुद्ध पनि आरोप लगाइएको छ ।
मोहम्मदपुरका आमिर हम्जा शातिलले सीएमएम अदालतमा मुद्दा दायर गरेका हुन् । हम्जा प्रहरीको गोली लागेर मारिएका किराना पसलका मालिक अबु सइदका शुभचिन्तक हुन् ।
हम्जाले आफू सइदको निकट साथी नभए पनि बंगलादेशी नागरिक भएकाले स्वेच्छाले मुद्दा दायर गरेको बताएका छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच