काठमाडौँ। बर्दियाको गुलरियामा आज दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ। गुलरिया नगरपालिका–५ स्थित जिल्ला समन्वय समितिको कार्यालय नजिकै मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा भारतको बहराइच ग्राम मिहिपुरवाका ६५ वर्षीय गुरमुख सिंहको मृत्यु भएको स्रोतले जनाएको छ।
प्रहरीका अनुसार मृतक सिंह गुलरिया नगरपालिका–८, कोठियास्थित पञ्जाब डिजेल वर्कसपमा ट्याक्टर मर्मत गर्ने मिस्त्रीको रूपमा कार्यरत रहेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सिंहले चलाएको युपी ४० बीबी १६२९ नम्बरको भारतीय मोटरसाइकल सुहेलवाबाट राधाकृष्ण चोकतर्फ जाँदै गर्दा दिउँसो करिब २:३० बजे अनियन्त्रित भएको थियो। सडक छेउको पोलमा ठोक्किँदा उनको टाउकोमा गम्भीर चोट लागेको थियो। घटनालगत्तै प्रहरीले घाइते सिंहलाई उपचारका लागि बर्दिया अस्पताल पुर्याएको थियो। जिल्ला प्रहरी कार्यालय, गुलरियाका डीएसपी चक्रबहादुर डमरपालका अनुसार उपचारका क्रममा दिउँसो ३ बजेर १० मिनेटमा चिकित्सकले सिंहलाई मृत घोषणा गरेका हुन्।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच