विराटनगर । विराटनगरस्थि लाइफगार्ड अस्पतालमा आगलागी भएको छ । प्रहरीका अनुसार अस्पतालको आईसीयू कक्षमा आइतबार दिउँसो आगलागी भएको हो । अस्पतालका प्रशासन प्रमुख निरज श्रेष्ठले दिउँसो ३ बजेतिर एक्कासि आगलागी सुरु भएको र नियन्त्रणको प्रयास भइरहेको जानकारी दिए । आगलागी नियन्त्रणमा लिन विराटनगर महानगरसहितका पालिकाबाट आएका दमकल परिचालन गरिएको श्रेष्ठले जनाए । उनका अनुसार, "आईसीयूमा बिरामी भने थिएनन् ।"अन्य वार्डका बिरामी र कुरुवाहरू सुरक्षित रहेको बताइएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अस्पताल प्रशासनको भनाइ छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच