काठमाडौं, भदौ २२ । निजामती सेवा दिवसको अवसरमा आज सरकारले ४० जना कर्मचारीलाई पुरस्कृत गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा आयोजना हुने २१औँ निजामती सेवा दिवस समारोहमा पुरस्कृत कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ ।

यो वर्ष १० जना कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारबाट सम्मान गर्न लागिएको हो । उत्कृष्ट निजामती सेवा पुरस्कार एक लाख रुपैयाँ राशिको र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशीको छ । २ लाख रुपैयाँ राशिको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारी भने सरकारले यस वर्ष पनि छनोट गर्न सकेन ।


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच