गुल्मीमा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु २ जना घाइते

गुल्मीमा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु २ जना घाइते

अर्थ चौतारी

गुल्मीमा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु २ जना ...

A A- A+

बुटवल । गुल्मी सदरमुकाम तम्घास नजिकै टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अर्घाखाँचीको छत्रदेव-७ नेटाबाट तम्घास देउराली जाँदै गरेको ना८ख ६६४४ नम्बरको टिपर दुर्घटनामा परेको हो।दुर्घटनामा चालक अर्घाखाँचीको सन्धिखर्क-८ का २६ वर्षीय रामलाल पुरीको निधन भएको प्रहरीको भनाइ छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।सडकबाट ६० मिटर तल खस्दा तीन जना घाइते भई उपचारका लागि गुल्मी अस्पतालमा ल्याएकोमा चालक पुरीलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय  डिएसपी  शङ्कर पोखरले बताए । दुर्घटनामा सन्धिखर्क ८ कै ३३ वर्षीय रिसभ केसी र अर्घाखाँची जिल्ला शीतगंगा नगरपालिका २ बस्ने २९ वर्षीय नवीन घिमिरे घाइते भएका छन्। घाइतेमध्ये केसीको  अवस्था गम्भीर रहेको र दुवै जनालाई थप उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज पठाइएको  प्रहरीले  जनाएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?