कान्द्रा नदी किनारमा एक बृद्ध मृत भेटिए

closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

कान्द्रा नदी किनारमा एक बृद्ध मृत भेटिए

अर्थ चौतारी

कान्द्रा नदी किनारमा एक बृद्ध मृत भेटिए

A A- A+

काठमाडौँ । कैलालीमा कान्द्रा नदीले बगाउँदा बुधबार एक बृद्धाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका वडा ४ माघी गाउँका ७० बर्षीय चुनबुधिया चौधरीको नदीले बगाएको अबस्थामा शव फेला परेको हो ।

बोल्न र राम्रोसँग कान नसु्न्ने बृद्धा बुधबार बिहान दाउरा खोज्न गएको अवस्थामा कान्द्रा नदीले बगाएको हुनसक्ने पारिवारिक स्रोतलाई उल्लेख गर्दै प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले घोडाघोडी नगरपालिका –१० कान्द्रा नदी पुलभन्दा उत्तरतर्फ तट्बन्धननजिक खोला किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको उल्लेख गरे ।

बृद्ध महिलाको खोलाले बगाएको अवस्थामा लाश भेटिएको जानकारी मृतक परिवारसम्म पुगेपछि सनाखत भएको हो । अहिले मृतकका छोरा रामकृष्ण चौधरी ईलाका प्रहरी कार्यालय सुख्खड पुग्नुभएको छ । पोष्टमार्टमका लागि बर्दगोरिया अस्पतालमा पठाउने तयारी भएको ईलाका प्रहरी कार्यालय प्रमुख अवस्थीले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?