क्याम्पस प्रमुख आचार्य, स्ववियू सभापति बस्नेतसहितको मिलेमतोमा शंकर देवमा अवैध भर्ना

क्याम्पस प्रमुख आचार्य, स्ववियू सभापति बस्नेतसहितको मिलेमतोमा शंकर देवमा अवैध भर्ना

अर्थ चौतारी

क्याम्पस प्रमुख आचार्य, स्ववियू सभापति बस्नेतसहितको मिलेमतोमा शंकर देवमा ...

A A- A+

काठमाडौं, ३ असोज । शंकर देव क्याम्पसले बीबीए र बीबीए फाइनन्स कोर्समा मेरिट लिस्टमा नाम नै नभएका विद्यार्थीहरु भर्ना गरेको पाइएको छ । क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्य, स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुशान्तसिंह बस्नेत, बीबीए डाइरेक्टर सुमनकमल पराजुली, डेपुटी डाइरेक्टर ऋषिराज पन्त र बीबीए फाइनन्सका डेपुटी डाइरेक्टर दीपक बस्नेतको मिलेमतोमा मेरिट लिष्टमा नाम नभएका विद्यार्थी भर्ना गरिएको पाइएको छ ।

मेरिट लिष्टमा भर्ना हुन योग्य विद्यार्थीको सूची निकाल्न पर्ने हुन्छ । निर्धारित समयमा मेरिट लिस्टमा परेका विद्यार्थीहरु भर्ना नभएमा वेइटिङ सूचीमा रहेकालाई भर्ना हुन आह्वान गरी सूचना निकाल्नु पर्ने हुन्छ । तर, मेरिट लिष्टमा नाम नै नभएका २० जनाभन्दा बढी विद्यार्थी भर्ना गरिएको छ ।

सिम्याट परीक्षाको ५० अंक, कक्षा १२ को जीपीएबाट ४० र अन्तरवार्ताको १० गरी मेरिट लिस्टमा नाम सार्वजनिक गरिएको थियो । सोही आधारमा बीबीएमा ९९ जना र बीबीए फाइनन्समा ६६ जनाको नाम सार्वजनिक भएको थियो । तर, शंकर देव क्याम्पसले वेइटिङ सूची नै ननिकाली आफ्ना मान्छे र कार्यकर्ता भर्ना गरेको हो ।

क्याम्पस प्रशासन र केही व्यक्तिको स्वार्थमा गैरकानुनी भर्ना गरिएको भन्दै विभिन्न विद्यार्थी संगठनहरुले विरोध गरिरहेका छन् । नियमविपरीतको भर्ना तत्काल रद्द गरी वेइटिङ सहित मेरिट लिस्ट को सूची प्रकाशन गरेर भर्ना लिइनुपर्ने विद्यार्थी संगठनहरुको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?