रौतहट– रौतहटको पश्चिमी भेग मौलापुर नगरपालिका वडा ४ को भवन निर्माण कार्य सुरु भएको छ । मेयर रिना कुमारी साहको पहलमा वडा ४ को कार्यालय प्रयोजनको लागि दुई तले भवनको निर्माण कार्य प्रारम्भ भएको हो ।
मेयर साहले एक समारोहकाबीच उक्त भवन निर्माणका लागि शिलान्यास गरेकी थिइन् । करिब १ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको भवनको ठेक्का एनएम कन्स्ट्रक्सन सर्लाहीले जिम्मा पाएको छ ।उक्त भवनको निर्माण कार्य यसै आर्थिक वर्ष भित्र सम्पन्न हुने सम्झौता भएको मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन् ।भवन निर्माण पछि वडा ४ को सम्पूर्ण सेवा त्यहीँबाट प्रवाह हुने बताइएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच