काठ्माडौँ । झापा र धनुषामा डुबेर ३ जनाको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–१५ सतार बस्तीस्थित मेची खोलामा डुबेर स्थानीय ५१ वर्षीय भाङ्गी हेमरनको मृत्यु भएको छ ।
धनुषाको जनकपुर उपमहानगरपालिका–२० रूपैठास्थित साउजी पोखरीमा डुबेर स्थानीय जयनारायण महतोका छोरा ६ वर्षीय शिवनन्दन महतो र राकेश पासवानका छोरा ६ वर्षीय आदित्य पासवानको मृत्यु भएको छ ।
नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच