आफुलाई पार्टीले स्पष्टिकरण सोधेको भन्ने बिषय निराधार छ : रामकुमारी झाँक्री

आफुलाई पार्टीले स्पष्टिकरण सोधेको भन्ने बिषय निराधार छ : रामकुमारी झाँक्री

अर्थ चौतारी

आफुलाई पार्टीले स्पष्टिकरण सोधेको भन्ने बिषय निराधार छ : ...

A A- A+

काठमाडौँ। नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफुलाई पार्टीले स्पष्टिकरण सोधेको भन्ने बिषय निराधार भएको बताएकी छिन् ।

आफुमाथि उठेका बिषयमाथि सचिवालय बैठकमा नै प्रष्ट पार्न पाउ भन्दै बिहीबार पार्टी कार्यालयमा निवेदन दिन पुगेकी झाँक्रीले स्पष्टिकरणको बिषयमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका कुरा निराधार भएको बताएकी हुन् ।

आफुले एउटा कार्यकर्ता भेलामा बोलेका कुरालाई लिएर पार्टीको ध्यानाकर्षण भइ निर्देशन जारी भएपछि कहि पनि सार्वजनिक रुपमा प्रतिक्रिया नदिएको उनले बताइन् । तर पार्टीका ठूला नेताहरुले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आफुबिरुद्ध दिएको अभिव्यक्तिप्रति व्यक्तिगत र राजनीतिक हिसावले प्रतिवाद गर्ने झाँक्रीको भनाइ छ ।

उनले आफुले बोलेका बिषयमा भने बैठकमा आफ्‌ना कुरा राख्ने उल्लेख गरिन् । स्थायी कमिटी बैठक तत्काल बस्ने अवस्था नरहेकाले जारी सचिवालय बैठकमा उपस्थीत भइ स्पष्ट पार्ने मौका प्रदान गर्न आग्रह गर्दै उनले अध्यक्षका नाममा पत्र दर्ता गराएकी छिन् । झाँक्रीले असार १४ गते युवा संघ लुम्विनी प्रदेशको भेलामा समय अगावै पार्टी नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?