काठमाडौँ। नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफुलाई पार्टीले स्पष्टिकरण सोधेको भन्ने बिषय निराधार भएको बताएकी छिन् ।
आफुमाथि उठेका बिषयमाथि सचिवालय बैठकमा नै प्रष्ट पार्न पाउ भन्दै बिहीबार पार्टी कार्यालयमा निवेदन दिन पुगेकी झाँक्रीले स्पष्टिकरणको बिषयमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका कुरा निराधार भएको बताएकी हुन् ।
आफुले एउटा कार्यकर्ता भेलामा बोलेका कुरालाई लिएर पार्टीको ध्यानाकर्षण भइ निर्देशन जारी भएपछि कहि पनि सार्वजनिक रुपमा प्रतिक्रिया नदिएको उनले बताइन् । तर पार्टीका ठूला नेताहरुले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आफुबिरुद्ध दिएको अभिव्यक्तिप्रति व्यक्तिगत र राजनीतिक हिसावले प्रतिवाद गर्ने झाँक्रीको भनाइ छ ।
उनले आफुले बोलेका बिषयमा भने बैठकमा आफ्ना कुरा राख्ने उल्लेख गरिन् । स्थायी कमिटी बैठक तत्काल बस्ने अवस्था नरहेकाले जारी सचिवालय बैठकमा उपस्थीत भइ स्पष्ट पार्ने मौका प्रदान गर्न आग्रह गर्दै उनले अध्यक्षका नाममा पत्र दर्ता गराएकी छिन् । झाँक्रीले असार १४ गते युवा संघ लुम्विनी प्रदेशको भेलामा समय अगावै पार्टी नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच