कैलालीमा काठको तस्करी बढ्यो,गोरुगाडासहित चार जना पक्राउ

कैलालीमा काठको तस्करी बढ्यो,गोरुगाडासहित चार जना पक्राउ

अर्थ चौतारी

कैलालीमा काठको तस्करी बढ्यो,गोरुगाडासहित चार जना पक्राउ

A A- A+

कैलालीमा काठको तस्करी बढेको छ। प्रहरीले काठ तस्करीमा संलग्न चार जनालाई गोरुगाडासहित पक्राउ गरेको छ।
आज (आइतबार) अबैध काठ बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–१६ त्रिनेत्र सामुदायिक वनबाट काठ तस्करी भइरहेको अवस्थामा प्रहरीले तस्करीमा संलग्नहरुलाई नियन्त्रणमा लिएको छ। धनगढी–१६ का ३२ वर्षीय अशोक चौधरी, ४१ वर्षीय धानिराम चौधरी, २० वर्षीय राहुल चौधरी र ५७ वर्षीय मनिराम जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले तस्करीको काठसहित दुईवटा गोरू गाडा (डल्लब) पनि नियन्त्रणमा लिएको छ। गोरु गाडामा तस्करीको काठ ओसारपसार गरी रहेको अबस्थामा ४० दशमलव २५ क्युफिट अबैध सालको काठ अस्थायी प्रहरी पोष्ट बेहडाबाबा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
बरामद गरिएको काठ आवश्यक प्रक्रिया पुरा गरेर अबैध काठसहितको गोरु गाडा र संलग्नहरुलाई कारवाहीका लागि सव–डिभिजन वन कार्यालय फुलवारीको जिम्मा लगाएको प्रहरीले बताएको छ। हिजो (शनिबार) मात्र गौरीगंगा नगरपालिका–९ बनखेतस्थित गौरीगंगा सामुदायिक साँझेदारी वनबाट अबैध काठ बरामद गरिएको थियो। वनभित्रै लुकाई राखेको सालको पाँच थान गोलिया इलाका प्रहरी कार्यालय मसुरिया र सव–डिभिजन वन कार्यालय मसुरियाको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?