रौतहट । रौतहटको गढीमाई नगरपालिका वडा नं ६ मा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।रौतहटको देवाही गोनाही नगरपालिका धरहरीबाट जन्ती बोकर सर्लाहीको चक्रघटा फर्किने क्रममा सो दुर्घटना भएको हो ।भारतीय नम्बर एचचार ७० डी ८३८२ को स्कारपीयो जिप दुर्घटना हुँदा काठमाण्डौंका ५५ वर्षीय कुलबहादुर श्रेष्ठ र सर्लाही चक्रघटा ३ सुन्दरपुरकी ७ वर्षीया बालिका स्वेता पण्डितको ज्यान भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।आज बिहान ९ बजे गढीमाई नगरपालिका ६ को सिंगारमन धर्मपुर सडकखण्डको धनहरी गाँउमा सो जीप नहरबाट तल पानीमा झरेको थियो । जीपमा १२ जना सवार रहेका थिए ।दुर्घटना पश्चात ३ जनालाई अस्पताल गएको र अन्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच