काठमाडौं । ड्रागन मोसन पिक्चरको प्रस्तुति रहेको नयाँ गीतको भिडियो ‘ठिकै छ मेरी प्रिय’सार्वजनिक भएको छ। शुक्रबार एक कार्यक्रमकाबीच गीतको भिडियो सार्बजनिक सार्बजनिक भएको छ।
अनुजा बरालको निर्देशनमा तयार भएको यो भिडियोले प्रेम, पीडा र द्वन्द्वको कथा प्रस्तुत गरेको छ। गीतको भिडियोमा गुरु वसिष्ठ, प्रेम परियार र श्रितिका श्रेष्ठको अभिनय रहेको छ भने गीतलाई गुरु वसिष्ठले नै गाएका छन्। गीतको शब्द शेखर थापाको र संगीत दिवेश राईको रहेको छ। निर्माण पक्षले भिडियोले दर्शक–श्रोताको मन जित्ने विश्वास व्यक्त गरेको छ।
भिडियोमा सत्यम रानाको दृश्य प्रविधि (भीएफएक्स) सम्हालेका छन् भने राजेन्द्र मोक्तानले रंग संयोजन र सारथी थापाले छायांकन गरेका छन्। गीतको भिडियोलाई सर्वेश शाहले सम्पादन गरेका छन्। भिडियोलाई ड्रागन मोसन पिक्चरको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न सकिने छ।
हेर्नुहोस भिडियो

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच