घोडाघोडीमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

घोडाघोडीमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

अर्थ चौतारी

घोडाघोडीमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

A A- A+

कैलाली ।  कैलालीमा सोमबार साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । जिल्लाको  घोडाघोडी नगरपालिका – ४ भालुफटा स्थित पुर्व–पश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिदा पैदल यात्री स्थानीय नर बहादुर धामीको मृत्यु भएको हो ।पुर्व देखि पश्चिम तर्फ आइरहेको से ७ प १८७८ नम्बरको मोटरसाईकलको ठक्करबाट धामी गम्भीर घाइते भएका हुुनु् ।  धामीको धनगढी स्थीत निसर्ग अस्पताल मा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।दुर्घटनामा घाइते भएका मोटरसाईकल चालक टेकेन्द्र नेपालीको घोडाघोडी अस्पताल सुखड कैलालीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?