नारायणी किनारमा एक र भारतको नहरमा थप दुई जनाको शव फेला

नारायणी किनारमा एक र भारतको नहरमा थप दुई जनाको शव फेला

अर्थ चौतारी

नारायणी किनारमा एक र भारतको नहरमा थप दुई जनाको ...

A A- A+

पश्चिम नवलपरासी, सुस्ता- ४ स्थित नारायणी नदीको किनारमा एक जना र भारतको बाल्मिकी नहरमा थप दुई जनाको शव फेला परेको छ।नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले त्रिशुलीमा बगाएको बसमा सवार व्यक्तिहरूको खोजी गर्ने क्रममा थप तीन पुरूषको शव फेला परेको हो।सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार पूर्वी नवलपरासीको त्रिवेणीबाट भारततर्फ बाल्मिकी नहरमा आइतबार बेलुकी ८ः१० बजे दुई शव फेला परेको हो। यसअघि आइतबारै ५ः४० बजे यही नहरमा दुई पुरूषको शव भेटिएको थियो। उक्त नहरलाई गण्डक नहर पनि भनिन्छ।त्यस्तै नारायणी किनारमा आइतबार बेलुकी ६ बजे शव फेला परेको हो।शव फेला परेका पाँचै जनाको सनाखत हुन बाँकी छ। उनीहरू दुर्घटना परेका बसका यात्रु थिए कि थिएनन् भनेर खुल्न पनि बाँकी छ।शुक्रबार बिहान साढे ३ बजे गौर जाँदै गरेको गणपति यातायातको प्रदेश ०३- ००१ ख २४९५ नम्बरको बसमा टिकट काटेका र चलानमा उल्लेख भएका २७ जना र आफन्त सम्पर्कमा आएर जानकारी गराएको ११ जना गरी ३८ जना थिए। वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३-००६ख १५१६ नम्बरको एन्जल डिलक्सको बसमा चलानबमोजिम २३ यात्रु र आफन्तले जानकारी गराएबमोजिम थप चार जना गरी २७ यात्रु रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ। दुई बसमा गरी ६५ जनामध्ये तीन जना हामफालेर बाँचेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?