खगेन्द्र अबस्थि काठमाडौं । नेपाली फिल्म उद्योगमा पछिल्लो समय निकै चर्चा पाएकी अभिनेत्री गरिमा शर्माको करियर अहिले एउटा निर्णायक मोडमा आइपुगेको देखिन्छ। चार ओटा फिल्ममा अभिनय गरेकी गरिमा शर्माले चारैवटा फिल्ममा असफलता भोगेपछि अब उनी चलचित्र क्षेत्रमा टिक्न सक्लिन वा सक्दिनन् भन्ने बहस सामाजिक सञ्जालदेखि फिल्म समीक्षासम्म छताछुल्ल छ।
गरिमा शर्माको रिलिज भएका चलचित्र ‘वर एन्ड बधु’, ‘लन्डन टु पेरिस’, ‘ह्र्स्व दीर्घ’ र हाल प्रदर्शनरत ‘जन्ते बाख्रो’ चारै फिल्मले दर्शक र समीक्षक दुबैको अपेक्षा पूरा गर्न सकेनन्। आलोचना मात्रै होइन, व्यंग्य, ट्रोल र असन्तुष्टिको ठूलो लहर अहिले सामाजिक सञ्जालमा फैलिरहेको छ र यस्ता कुराले सामाजिक सञ्जाल भरिएका छन्।फिल्महरू किन असफल भए? यो प्रश्नको उत्तर सरल छैन। गरिमा शर्मा एक मात्र कारण होइनन्, तर उनी आलोचनाको केन्द्रमा हुनु अस्वाभाविक पनि होइन। चारवटै फिल्ममा एउटै लेखक प्रदीप भारद्वाज को पटकथा रहेकोले पनि आलोचकहरूले फिल्म निर्माण पक्षको गहिरो कमजोरी औंल्याएका छन्।
फिल्म समीक्षक भन्छन्, “कहिलेकाहीं एउटै शैलीका कथा र समान प्रस्तुति दर्शकलाई वाक्क लाग्दो हुन्छ। गरिमाको फिल्ममा विविधता थिएन। अभिनय, निर्देशन र पटकथा सबै दोहोरिएको अनुभव भयो।”गरिमा शर्मा चलचित्र क्षेत्रमा प्रवेश गर्नु अघि सामाजिक सञ्जाल, विशेषतः टिकटकमार्फत चर्चामा आएकी थिइन्। उनको अभिनयमा आत्मविश्वास छ तर गहिरो पात्र बुझ्न, कथाको भाव ग्रहण गर्न र प्राकृतिक अभिनय दिन सक्ने क्षमता अझै परिपक्व भइसकेको देखिँदैन।
टिकटक स्टार भएर फिल्म क्षेत्रमा पाइला राख्नु अहिले नयाँ कुरा होइन। नेपालमा मात्र होइन, भारत, अमेरिका लगायतका देशहरूमा पनि डिजिटल प्ल्याटफर्मबाट चर्चित कलाकारहरू ठूला पर्दामा देखिन थालेका छन्। तर सफलताको लागि केवल लोकप्रियता पुग्दैन, त्यसमा सशक्त अभिनय कला, सिनेमाटिक भिज्न आवश्यक पर्छ। गरिमा शर्मालाई थुप्रै आलोचकहरूले यही कुरामा चुकिएको बताएका छन्। हाम्रो समाजमा फिल्मलाई अझै पनि गम्भीर माध्यमको रूपमा हेर्ने चलन छ। गरिमा जी अब फिल्म खेल्न होइन घर गएर सुत्नुस किन कि तपाइँले जति फिल्म सुपर फल्प भएपछि अब के गर्ने त? अन्तिम बिकल्प यही हो। जब कुनै कलाकार बिना तयारी, बिना सीप पर्दामा आइपुग्छ, दर्शकले त्यो तुरुन्तै बुझेको हुन्छ। गरिमाको हकमा पनि त्यही भएको देखिन्छ।”
यो बहसको एउटा महत्वपूर्ण पक्ष हो, अभिनेत्रीमात्र दोषी कि फिल्म निर्माण पक्षको असफलता पनि बराबरी जिम्मेवार हो? चारवटा फिल्मको स्क्रिप्ट एकै लेखक, प्रदीप भारद्वाजले लेखेका हुन्। शैली, कथा, संवाद, चरित्र — सबैमा समानता र पुनरावृत्ति देखिन्छ। कुनैपनि नयाँ कलाकारलाई स्थापित गराउने काम सशक्त स्क्रिप्ट, निर्देशकको दृष्टि र टीमवर्कले गर्छ। गरिमा नयाँ हुन्, तर पटकथामा कुनै नवीनता थिएन। यस्तो अवस्थामा दर्शकले कसरी स्वीकार गर्न सक्दछन्?”
व्यक्तिगत रूपमा कुनै कलाकारका चार फिल्म असफल हुनुको अर्थ यो होइन कि उनी असफल कलाकार हुन्। मर्लिन मोन्रोदेखि अक्षय कुमारसम्मका थुप्रै कलाकारहरूले कैयौं फिल्म फ्लप पचाएपछि मात्र सफलता चाखेका छन्।गरिमाको लागि अब आत्ममूल्यांकनको समय हो। अभिनय प्रशिक्षण लिनु, सिनेमाका गहिरा पक्ष बुझ्नु, सही स्क्रिप्ट छनौट गर्नु यी सबैमा ध्यान दिनु पर्ने अवस्था छ।साथै, चलचित्र निर्माताहरूलाई पनि सस्तो लोकप्रियता हेरेर मात्र कलाकार चयन गर्ने प्रवृत्तिमा पुनर्विचार गर्नुपर्ने देखिन्छ। अभिनय फिल्म हो, केवल अनुहार वा फ्यान फलोइङ होइन।
गरिमा शर्मा अहिले आलोचना र असफलताका बीचमा उभिएकी छिन्। यो उनको लागि स्खलन होइन, एउटा मोड हो। जहाँबाट नयाँ दिशा लिन सकिन्छ। आलोचना त भोग्नुपर्छ, तर सिकाइको भावले। फिल्म फ्लप हुनु एउटा परिणाम हो, तर सुधार गर्नु एउटा प्रक्रिया हो। गरिमा टिकटकमा फर्कुन वा सिनेमा यात्रालाई अझ गहिरो बनाउने विकल्प रोजुन त्यो उनी नै जानुन तर समाज र फिल्म उद्योग दुवैले एकै स्वरमा उनीमाथि हिर्काउने होइन, सहयोग गर्ने संस्कृति विकास गर्नुपर्छ।उनी चलचित्रमा फेरि फर्किन वा नयाँ बाटो रोज्न चाहेमा, त्यो उनको स्वतन्त्रता हो। दर्शक र समीक्षकको भूमिकाचाहिँ आलोचना मात्र होइन, मार्गदर्शनको पनि हुनुपर्छ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच