काठमाडौं । बुधबार सुनले नयाँ कीर्तिमानी मूल्य कायम गरेको छ । यस दिन सुनको भाउ करिब डेढ लाख पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार प्रतितोला १ लाख ४९ हजार ८ रुपैयाँ मूल्य तय गरेको छ । यो अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउले पुनः नयाँ रेकर्ड बनाएको छ । बुधबार ९साढे १० बजे० सुनको भाउ प्रतिऔंस २४७० अमेरिकी डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमै नयाँ रेकर्ड बनाएको सुनले नेपाली बजारमा पनि कीर्तिमानी मूल्य कायम गरेको हो । अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा मूल्य समायोजन हुन्छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच