काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको छ । बुधबार अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा परेका शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको काठमाडौँ मेडिकल कलेजले जनाएको छ । उनको आँखाको अप्रेसन गरिएको अस्पतालका एक अधिकारीले बताए । अस्पतालका अनुसार उनी हाल बोल्न सक्ने अवस्थामा छन् । उनको शरीरमा जलन नभएपनि चोटमात्र देखिएको अस्पतालको भनाइ छ । विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ । पाइलट शाक्यको मात्र सकुशल उद्धार भएको थियो ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच