सार्वजनिक पदमा बसेर स्वार्थसिद्धिका लागि कानुनविपरीत निर्णय गरेको आरोप, परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सार्वजनिक पदमा बसेर स्वार्थसिद्धिका लागि कानुनविपरीत निर्णय गरेको आरोप, परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अर्थ चौतारी

सार्वजनिक पदमा बसेर स्वार्थसिद्धिका लागि कानुनविपरीत निर्णय गरेको आरोप, ...

A A- A+

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूविरुद्ध सार्वजनिक सम्पत्ति हानि पुर्‍याएको आरोप लगाइएको छ । विशेष अदालतमा बुधबार दायर गरिएको मुद्दामा परियारसहित महानगरका निर्देशक रविनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीमाथि ४ करोड ३१ लाख ७२ हजार रुपैयाँ बिगो माग गरिएको छ ।

उनीहरूविरुद्ध बसुन्धरादेखि म्हेपीसम्मको सामाखुसी करिडोरमा ढल निर्माण कार्यमा बढी मूल्यमा ठेक्का दिनु र भ्रष्टाचार गरेको आरोप लगाइएको हो । ठेक्का समानान्तर निर्माण सेवा प्रालि र कल्पवृक्ष-कोहिनुर जेभीबीच भएको थियो ।

कम मूल्यमा बोलकबोल गरेको समानान्तरको सट्टा बढी मूल्यमा बोलकबोल गरेको कल्पवृक्ष–कोहिनुर जेभीलाई ठेक्का दिएको उजुरी परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?