जीप दुर्घटनामा पुथा उत्तरगङ्गाकी उपाध्यक्ष भुपेन्द्रासहित ३ जनाको मृत्यु, एक घाइते

जीप दुर्घटनामा पुथा उत्तरगङ्गाकी उपाध्यक्ष भुपेन्द्रासहित ३ जनाको मृत्यु, एक घाइते

अर्थ चौतारी

जीप दुर्घटनामा पुथा उत्तरगङ्गाकी उपाध्यक्ष भुपेन्द्रासहित ३ जनाको मृत्यु, ...

A A- A+

काठमाडौं, २८ भदौ । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ । मृत्यु भएका अन्य दुई जनाको अहिलेसम्म सनाखत हुन नसकेको बताइएको छ । मृतक महिला र एक पुरुषको सनाखत हुन बाँकी रहेको छ ।

सो दुर्घटनामा एक पुरुष घाइते भएका छन् । घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ । बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, गलकोटतर्फ गइरहेको जीप आज बिहान दुर्घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?