काठमाडौं । कतारी राजा शेख तमिम बिन हमादको नेपाल भ्रमणमा सरकारको साढे दुई करोड खर्च भएको पाइएको छ । राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका नामबाट भएको छुट्टाछुट्टै खर्च जोड्दा सो बराबर खर्च भएको देखिएको हो । अर्थ मन्त्रायका अनुसार कतारी राजाको नेपाल भ्रमणमा राष्ट्रपति कार्यालयका नाममा १ करोड २९ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । राष्ट्रपति कार्यालयलाई सो रकम बराबरको थप बजेट रकमान्तर भएको देखिएको छ । परराष्ट्र मन्त्रालयले कतारी राजाको भ्रमणमा भएको खर्चका नाममा १ करोड १७ लाख ५१ हजार रुपैयाँ थप रकम रकमान्तर भएको छ । यसरी दुई निकायका नामा २ करोड ४७ लाख १ हजार रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । ११ वैशाख २०८१ मा कतारका राजा दुई दिने भ्रमणको सिलसिलामा नेपाल आएका थिए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच