रवि लामिछानेमाथि ज्यादति भएको भन्दै रास्वपाका नेता मानव अधिकार आयोग जाँदै

रवि लामिछानेमाथि ज्यादति भएको भन्दै रास्वपाका नेता मानव अधिकार आयोग जाँदै

अर्थ चौतारी

रवि लामिछानेमाथि ज्यादति भएको भन्दै रास्वपाका नेता मानव अधिकार ...

A A- A+

काठमाडौं – भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्राउ गैरकानुनी भएको भन्दै दलका नेताहरू मानव अधिकार आयोग जाने भएका छन् ।

सभापति लामिछानेको पक्राउ गैरकानुनी हो र पक्राउ गर्दा प्रहरी ज्यादती भएको रास्वपाको निष्कर्ष छ । रास्वपा नेताहरू बुधबार बिहान साढे ११ बजे राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय, पुल्चोक जाने सभापति लामिछानेको सचिवालयले जनाएको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले गत शुक्रबार सभापति लामिछानेलाई सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

उच्च अदालतको आदेश लगत्तै पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउपछि एक रात काठमाडौं राखिएका लामिछानेलाई शनिबार रूपन्देही लगिएको थियो ।

गत शनिबार र आइतबार सार्वजनिक बिदा परेका कारण उनलाई सोमबार बिहान जिल्ला अदालतमा पेस गरिएको थियो । उनलाई सोमबार भैरहवा कारागार चलान गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?