मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर लागिरहेकोछ : अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर लागिरहेकोछ : अर्थमन्त्री पौडेल

अर्थ चौतारी

मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर लागिरहेकोछ : अर्थमन्त्री ...

A A- A+

काठमाडौँ। उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर लागिरहेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले आफु मन्त्रालयको जिम्मेवारीमा आएपछि अर्थतन्त्रमा देखिएका चूनौतिलाई चिन्ने र समाधान खोज्ने काममा निरन्तर लागेको बताए । मुलुकको अर्थतन्त्रको सन्दर्भमा अर्थतन्त्र समस्या वा दवावमा रहेको मनोविज्ञान प्रकट हुने गरेको भन्दै उनले जिम्मेवार निकायमा बसेकाहरुले समस्याको बर्णन नभइ समस्या समाधानका लागि सार्थक पहल गर्नुपर्ने धारणा राखे ।

अर्थमन्त्री पौडेलले अहिलेको बजेट आर्थिक सुधारको अन्तिम किस्ता नभएकाले सुधारका कामहरु निरन्तर अघि बढ्ने स्पष्ट पारे।

बाञ्चित सीमाभित्र रहेर अहिले अनुशासित ढंगले बजेट निर्माण भएको र बजेटमार्फत आएका नीतिगत प्रवन्धले निजि क्षेत्र समेत उत्साहित देखिएको उनले बताए। त्यस्तै पौडेलले मौद्रिक नीति र वित्तनीतिमा सहि सन्तुलन भएर नै अर्थतन्त्र अगाडि बढ्ने स्पष्ट पारे ।

उनले मौद्रिक नीति र वित्तनीतिबीच समन्वय हुनुपर्ने राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको भनाइ सकारात्मक रहेको उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?