रिमालको भुसाललाई तीखो सुझाव : पार्टी बलियो बनाउनु, ल्याङ ल्याङ नगर्नु

रिमालको भुसाललाई तीखो सुझाव : पार्टी बलियो बनाउनु, ल्याङ ल्याङ नगर्नु

अर्थ चौतारी

रिमालको भुसाललाई तीखो सुझाव : पार्टी बलियो बनाउनु, ल्याङ ...

A A- A+

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालप्रति तीखो टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा स्टाटसमार्फत रिमालले भुसाललाई "ल्याङ ल्याङ नगर्नु" र "आफ्नो पार्टी बलियो बनाउनेतिर लाग्न" सुझाव दिएका छन्।

रिमालले गीतको सन्दर्भ जोड्दै भुसालको वर्तमान शैलीलाई व्यंग्य गरेका छन्। उनले लेखेका छन्, "महोदय, साँच्चिकै महासचिव भएको हो नि? हो भने, आफ्नै पार्टीलाई चाहेजस्तै– खोजेजस्तै–सोचेजस्तै खत्रा पार्टी बनाएर देखाइदिए हुन्न?"

उनले भुसालको आलोचनालाई ‘छटपटी’को संज्ञा दिँदै, अरूलाई दोष लगाउने तर आफैं काम नगर्ने प्रवृत्तिको आलोचना गरेका छन्।

यो भनाइ भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति दिएको कडा टिप्पणीको प्रतिउत्तरका रूपमा आएको हो। भुसालले ओलीलाई "देशको लागि दुर्भाग्य" भनेका थिए र वैशाख ११ गते जनसागर उतार्ने एमालेको तयारीप्रति आलोचना गरेका थिए। उनले "आइ लभ यु केपी बा" भन्दा "क्रान्तिको हिसाब" माग्नुपर्ने बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?