यो वर्ष जम्मा २८ किलोमिटर नयाँ सडक

यो वर्ष जम्मा २८ किलोमिटर नयाँ सडक

अर्थ चौतारी

यो वर्ष जम्मा २८ किलोमिटर नयाँ सडक

A A- A+

यो वर्ष २८ किलोमिटर मात्र नयाँ सडक निर्माण भएको छ।

अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार यो वर्ष पछिल्लो पाँच वर्ष यताकै कम नयाँ सडक निर्माण भएको देखिएको हो। यो तथ्यांक चालु वर्षको साउनदेखि फागुनसम्मको हो। गत वर्षभर २४३ किलोमिटर नयाँ सडक निर्माण भएको थियो। आर्थिक वर्ष २०७८/७९ मा २८० किलोमिटर र आर्थिक वर्ष २०७७/७८ मा ४७२ किलोमिटर नयाँ सडक निर्माण भएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।

यो वर्ष खण्डाश्मित स्तरको सडक स्तरोन्नति १९० किलोमिटर मात्रै भएको छ। गत वर्ष ६२८ किलोमिटर भएको थियो।
कालोपत्र स्तरमा स्तरोन्नति १८९ किलोमिटर मात्रै भएको छ। गत वर्ष ८२० किलोमिटर भएको थियो।

पुल निर्माण पनि यो वर्ष ६७ वटा भएका छन्। गत वर्षभर २२२ वटा पुल निर्माण भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?