काठमाडौं । विवाहको उमेर घटाउने विवादास्पद कानुन इराकको संसदमा पेश भएको छ । यसअनुसार महिलाले ९ र पुरुषले १५ वर्षको उमेरमा विवाह गर्न सक्नेछन् ।
हालको इराकी कानुनमा विवाहका लागि १८ वर्ष उमेर तोकिएको छ । इराकको कानुन मन्त्रालयले संसदमा पेश गरेको विधेयकमा विवाहका लागि धार्मिक कानुन वा फौजदारी कानुन रोज्ने अधिकार दिइएको छ । यसको महिला अधिकारकर्मीहरुले आलोचना गरेका छन् । यो कानुन पास भएमा ९ वर्ष पुगेका बालिका र १५ वर्ष उमेर पुगेका बालक विवाह गर्न योग्य हुनेछन् । यसले बालविवाह बढ्ने चिन्ता छ । साथै यसले किशोरीहरुको शिक्षा, स्वास्थ्यमा नराम्रो प्रभाव पार्ने मानवअधिकारवादी संघ सस्थाको चिन्ता छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच