प्रधानमन्त्री ओली स्वदेश फर्किनुअघि नै रविलाई पक्राउ गर्ने तयारी

प्रधानमन्त्री ओली स्वदेश फर्किनुअघि नै रविलाई पक्राउ गर्ने तयारी

अर्थ चौतारी

प्रधानमन्त्री ओली स्वदेश फर्किनुअघि नै रविलाई पक्राउ गर्ने तयारी

A A- A+

काठमाडौं । सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा कारबाहीको सिफारिसमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिस्थिति हेरेर पक्राउ गरिने भएकोछ ।

आइतबार रातीनै लामिछानेलाई पक्राउ गर्ने तयारी थियो । तर,पक्राउ पूजी पनि जारी नभएको र रास्वपाका कार्यकर्ताहरु पार्टी कार्यलयमा बाक्लो मात्रामा उपस्थित भएको हुँदा सम्भावित दुर्घटनालाई ध्यानमा राखेर प्रहरी रित्तै फर्किएको थियो । आइतबारमात्रै गोर्खा मिडियाका तत्कालीन प्रवनधक निर्देशक छविराज जोशी पक्राउ परेका छन् ।

जोशी पक्राउ परेलगत्तै गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक तथा रास्वपा सभापति लामिछानेले आकस्मिक रूपमा नेतारकार्यकर्ता र समर्थकलाई पार्टी कार्यालय वनस्थली बोलाएका थिए । त्यस क्रममा नेतारकार्यकर्ता र समर्थकले ‘सहकारीमा लामिछानेलाई फसाउन लागेको’ भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । लामिछानेले कार्यकर्तालाई सम्बोधन गर्दै भनेका थिए, ‘मलाई पक्राउ गर्न पुर्जी जारी नभएको बुझिएको छ तर यो दुईतिहाइको सरकारको भर छैन ।’

देश छाडेर भाग्ने तयारी गरेको सूचनापछि जोशीलाई प्रहरीले आइतबार साँझ नियन्त्रणमा लिएर कास्की पुर्याएको थियो । जोशीलाई म्याद थपका लागि आज अदालतमा उपस्थित गराईँदैछ । उनको बयानपछि पुरक जाहेर दर्ता गरेर पक्राउ पूर्जी जारी गराएर केही दिनमै लामिछानेलाई पनि पक्राउ गर्ने प्रहरीको तयारी छ ।

सहकारीमा भएको रकम दुरुपयोगको सम्बन्धमा छानबिन गर्न बनेको संसदीय छानबिन समितिले रविसहित ९ जनाविरुद्ध कानूनी कारबाहीको लागि सिफारिस गरेको थियो । कारबाही सिफारिस भएका जोशी पक्राउ परिसकेका छन् भने जीवी राई हालसम्म पनि फरार छ । यता प्रधानमन्त्री केपी शर्मा ओली हाल अमेरिका भ्रमणमा छन्, भने नेपाल प्रहरीका आइजीपी वसन्तबहादुर कुँवरपनि आज विदेश भ्रमणमा जाँदैछन् । ओली र कुँवर स्वदेश फर्किनु अघिनै लामिछानेलाई पनि पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउने प्रहरीको तयारी छ ।

गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशीको हस्ताक्षर चल्नेगरी खोलिएको खातामा विभिन्न सहकारीबाट ६५ करोड बढी रकम ल्याएर खर्च गरिएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?