काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीको उम्मेदवारी सर्वोच्च अदालतबाट सदर भएको छ। उनको उम्मेदवारीबारे परेको उजुरीमा निर्वाचन आयोगको बदर गर्ने निर्णय गरेको थियो।
उनी सर्वोच्च गएपछि अन्तरिम आदेशका आधारमा उनको उम्मेदवारी कायम रह्यो र उनी ललितपुर-३ बाट निर्वाचित भए पनि सर्वोच्चमा मुद्दा विचाराधीन थियो।
तोसिमा नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य थिइन्। काउन्सिलमा रहँदा उनले भत्ता लिएको आधारमा सरकारी आर्थिक लाभ पाउने पदमा कायम रहँदै उम्मेदवारी दिएको भन्दै परेको उजुरीमा आयोगले उम्मेदवारी बदरको निर्णय गरेको थियो।
साढे दुई वर्षपछि मङ्गलवार न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय खारेज गरिदियो।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच