‘मैथिली भाषा, साहित्य, संस्कृति र पहिचानको जगेर्नाका लागि मैथिली भवन महत्त्वपूर्ण’

मुख्यमन्त्री सिंह–मन्तव्य जनकपुर, २३ जेठः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह शुक्रबार जनकपुरधाममा भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेस प्रदेशको लगानीमा मैथिली विकास कोषको, नवनिर्मित मैथिली भवन उद्घाटन कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिरः चन्दन ठाकुर÷रासस

‘मैथिली भाषा, साहित्य, संस्कृति र पहिचानको जगेर्नाका लागि मैथिली भवन महत्त्वपूर्ण’

अर्थ चौतारी

‘मैथिली भाषा, साहित्य, संस्कृति र पहिचानको जगेर्नाका लागि मैथिली ...

A A- A+

महेन्द्रनगर (धनुषा। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मैथिली भाषा, साहित्य, संस्कृति र पहिचानको जगेर्नाका लागि मैथिली भवन महत्त्वपूर्ण साबित हुने विश्वास व्यक्त गरेका छन् । मैथिली विकास कोषको जनकपुरधामस्थित नवनिर्मित ‘मैथिली भवन’ उद्घाटन कार्यक्रममा आज उनले मधेशको सांस्कृतिक समृद्धिका लागि यस कार्यले ठूलो योगदान पुग्ने अपेक्षा रहेको बताए ।

मुख्यमन्त्री सिंहले जनकपुरधाममा निर्माण गरिएको उक्त भवनले सम्पूर्ण मधेश र मिथिला क्षेत्रको गौरव बढाउने विश्वास व्यक्त गरेका छन्। उक्त भवन प्रदेश सरकारको सात करोड ५० लाखको लागतमा निर्माण भएको हो । मुख्यमन्त्री सिंहले महत्वाकाङ्क्षी परियोजना सफलतापूर्वक सम्पन्न गर्न योगदान पु¥याउने सबै पक्षप्रति हार्दिक धन्यवादसमेत व्यक्त गरे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?