काठमाडौँ।अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा असार २० गते शुक्रबारदेखि काठमाडौंमा एन्फा यु–१६ युथ लिग सुरु हुने भएको छ ।
एन्फाले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै एन्फा यु–१६ युथ लिगको तयारी पुरा भएको जनाएको हो । प्रतियोगितामा १४ वटै ए डिभिजन लिग क्लवहरुको सहभागीता रहने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो । प्रतियोगिताका खेलहरु एन्फा कम्प्लेक्सको खेल मैदानमा खेलाइने र आवश्यकता अनुसार दशरथ रंगशालामा पनि खेल हुन सक्ने उनले बताए ।
एन्फा यु–१६ युथ लिगको विजेताले १ लाख रूपैयाँ प्राप्त गर्ने छन् भने उपविजेता ५० हजार रूपैयाँ पाउने छन् । व्यक्तिगत विधातर्फका उत्कृष्ट खेलाडीले समान १५ हजार पाउने प्रवक्ता शाहले बताए ।
प्रतियोगिताको सहभागी टिमलाई तयारी खर्च स्वरुप एन्फाले प्रत्येक टिमलाई ३ लाख ५० हजार प्रदान गरिएको शाहले जानकारी दिनुभयो । प्रतियोगिताको अनुमानित बजेट १ करोड २ लाख ३६ हजार ३३० रूपैयाँ रहेको एन्फाले जनाएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच