काठमाडौं : सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश ९टीओआर० टुंगो लगाउन बसेको कार्यदलको बैठक निष्कर्षविहीन भएको छ ।गृहमन्त्रीको नाम किटान गर्नुपर्ने कांग्रेसले अडान नछाडेपछि बैठक निष्कर्षविहीन टुंगिएको हो।
बैठक फेरि भोलि बिहान ८ः३० बजे बस्ने छ ।एमाले नेता महेश बर्तौलाले भने , कांग्रेसले गृहमन्त्रीको नाम नै किटान गर्नुपर्छ भन्दै आएको थियो। त्यो विषयमा थोरै लचकताका साथको प्रस्तुति रह्यो। उहाँहरूको आन्दोलनको सम्बोधन ठिक ढंगबाट होस् भन्ने चाहना। हामी पनि आज पनि छलफल गर्छौँ। उहाँहरू पनि गर्नुहुन्छ।’
उनले भोलिको बैठक कार्यदलको अन्तिम बनाएर ११ बजे सदन चलाउनेगरी आउन आफूहरुले भनेको बताए ।रास्वपा सांसद शिशिर खनालले बैठक सकारात्मक भएको बताए।उनले भने( ‘सहकारी पीडितको बचत फिर्ता गराउने सुनिश्चितता गराउन र सम्पूर्ण सहकारीमा देखिएको समस्या समाधान गराउन कानूनी र नीतिगत विषयमा निकास दिने कुरामा एक ठाउँमा पुगेका छौँ। ‘उनले थप छलफल भोलिको बैठकमा हुने बताए।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच