एलिना चौहानले भनिन्– विष्णु तिमीलाई बाँकी जीवनको धेरै शुभकामना

एलिना चौहानले भनिन्– विष्णु तिमीलाई बाँकी जीवनको धेरै शुभकामना

अर्थ चौतारी

एलिना चौहानले भनिन्– विष्णु तिमीलाई बाँकी जीवनको धेरै शुभकामना

A A- A+

गायिका एलिना चौहानले भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नहुँदा सम्बन्धमा अल्पायूमै पूर्णविराम लागेको बताएकी छन्।

श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेदको मुद्दा टुंगो लागेसँगै फेसबुकमा स्टाटस लेख्दै उनले यो रहर नभइ बाध्यता भएको बताएकी छन्।

उनले लेखेकी छन् 'यो रहरले होइन। जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ।' एलिनाले विष्णुलाई  बाँकी जीवनको शुभकामना समेत दिएकी छन्।

एलिनाले लेखेकी छन्– 
प्रिय विष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरू अझै उस्तै छन्। तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन्। तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्। 

हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ। वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ। तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ। भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ। जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पूर्णविराम लागेको छ। यो रहरले होइन। जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ।

आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ। पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु। तिमीलाई बाँकी जीवनको धेरै–धेरै शुभकामना विष्णु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?