बैतडीमा बिष्टको हत्या अभियोगमा ५ जना पक्राउ

बैतडीमा बिष्टको हत्या अभियोगमा ५ जना पक्राउ

अर्थ चौतारी

बैतडीमा बिष्टको हत्या अभियोगमा ५ जना पक्राउ

A A- A+

काठमाडौँ । बैतडीको पाटन नगरपालिका-६ का ट्रक चालक ५१ वर्षीय वीरभान बिष्टको हत्या अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।यही असार १ गते रातिदेखि बेपत्ता भएका बिष्टको शव सोमबार स्थानीय घाङ्ल खोलामा हत्या गरिएको अवस्थामा फेला परेको थियो ।उनको हत्या अभियोगमा प्रहरीले पाटन नगरपालिका-६ की ३६ वर्षीया भागरथी बिष्ट, ३८ वर्षीय भरतमोहन बिष्ट, पुन्टु भनिने २६ वर्षीय आशिष पहरी, पाटन नगरपालिका-१ का १९ वर्षीय राजेन्द्र भट्टराई र १७ वर्षीय किशोर भट्टराईलाई पक्राउ गरिएको बैतडीका डीएसपी दिपक गिरीले जानकारी दिए ।प्रारिम्भक अनुसन्धानका क्रममा बिष्टको शिक्षिका समेत रहेकी भागरथी बिष्टको घरमा हत्या भएको खुलेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?