ढाका– हालै राजीनामा दिएका पूर्व प्रधानन्यायाधीश एबीएम खैरुल हकविरुद्ध ठगी र किर्ते गरेको भन्दै मुद्दा दायर गरिएको छ ।
पूर्व प्रधानन्यायाधीश तथा कानुन आयोगका हालै राजीनामा दिएका एबीएम खैरुल हकविरुद्ध ठगी, विश्वासघात र किर्ते गरेको आरोपमा उजुरी दर्ता मुद्दा भएको हो ।
एक वकिल इमरुल हसनले आइतबार ढाकाको महानगरीय मजिस्ट्रेट दिलरुबा अफ्रिन तिथीको अदालतमा सीआर मुद्दा पेश गरेका हुन । उनका अनुसार अदालतले वादीको बयान लिइसकेको छ र निर्णयको पर्खाइमा छ। वादी इमरुल हसनले सो जानकारीको पुष्टि गरेका छन् ।
अगस्ट १४ मा एबीएम खैरुल हकले सन् २०१३ देखि आफ्नो पदबाट राजीनामा दिएका थिए ।
न्यायाधिश हक २०१३ जुलाई २३ मा प्रधानन्यायाधीशको हैसियतमा कानून आयोगको अध्यक्षमा नियुक्त भएका थिए । उनको कार्यकाल २०१६, २०१९ र २०२२ गरी तीन पटक थप गरिएको थियो । हक सेप्टेम्बर २७, २०१० मा बंगलादेशको १९औँ प्रधानन्यायाधीश बनेका हुन् ।
–न्युजकारखाना

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच