काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको जानकारी दिएको छ । महासङ्घले आजको मूल्यसूची तय गर्दै मंगलबारको तुलनामा सुनको मूल्य ६०० रुपैयाँ बढेको जानकारी दिएको हो । यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार २०० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ६०० रुपैयाँ कायम थियो । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ५५० रुपैयाँ छ ।यस्तै आज चाँदीको मूल्य समेत बढेको छ । महासङ्घले चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर तोलामा १९ सय ३० रुपैयाँ कायम भएको जनाएको हो । हिजो चाँदीको मूल्य तोलामा १९ सय २० रुपैयाँ कायम थियो ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच