काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ का वडाध्यक्ष नवराज पराजुलीले मेयर बालेन शाहले आफूहरूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेको स्ट्याटसप्रति दुःख व्यक्त गरेका छन् । उनले मेयर शाहले तथ्यलाई तोडमोड गर्दै स्ट्याटस लेखेको समेत आरोप लगाएका हुन् ।गत असार २ गते महानगरपालिकाको नगर सभाअघि मेयर साहले बैठकमा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन चेतावनी दिएका थिए । तीन जनाले नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन् भएको उनले आरोप समेत लगाएका थिए ।तर, वडाध्यक्ष पराजुलीले भने आफूहरूले मेयर बालेनलाई केही समय बैठक स्थगित गर्न आग्रह मात्र गरेको खुलाए ।‘छलफलका लागि समय अपुग भयो, एक घण्टा जति सारौँ भनेर आग्रह मात्र गरेका थियौँ । तर मेयर साबले तीन जनाले १६० जनालाई नियन्त्रण गर्न मिल्छ ? उहाँको नैसर्गिक अधिकारलाई हनन गर्न मिल्छ ? भनेर जुन स्ट्याटस हाल्नुभएको छ । यसका लागि दुःख व्यक्त गर्न चाहन्छौँ ।’पराजुलीले प्रश्न गरे, ‘के हामी निरङ्कुश नै हौँ ? एमालेबाट म, नेपाली कांग्रेसबाट नवीन मानन्धर, समाजवादीबाट ईश्वरमान डङ्गोल, प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत बसेर छलफल गर्छौँ । बेलाबेला काठमाडौँ महानगरपालिकामा अप्ठेरो पर्दा यसलाई सहजीकरणका लागि बस्ने गर्थ्यौँ । के यो तानाशाही व्यवहार हो ? हो भने भनिदिनुपर्यो । होइन भने हामी कसरी तनाशाह भयौँ ?’उनले आफूहरू पञ्चायतविरुद्ध र राजतन्त्रविरुद्ध लडेको स्मरण गराउँदै जनताको प्रतिनिधि बनेर निरङ्कुश जनताले नै पराजित गर्ने स्मरण गराए । ‘अराजकताविरुद्ध लड्नेहरू कसरी निरङ्कुश हुन सक्छौँ ?,’ उनले भने, ‘हामी मिलेर जान चाहन्छौँ । पीएल सिंह नेतृत्वमा आउँदा हलचल हुन्थ्यो तर मिलेर चलेको थियो । केशव स्थापित र विद्यासुन्दर आउँदा पनि मिलेर सर्वसम्मत निर्णय गर्यौँ । के मिल्नु कमजोरी भयो ? तपाईं स्वतन्त्र भए पनि हामी सबैले साथ दिन्छौँ । नराम्रो काम गर्दा नराम्रो भयो भन्छौँ । मान्नुभयो भने ठिकै छ नत्र राम राम भन्छौँ ।’सामाजिक सञ्जालमा यथार्थ कुरा गर्नु पर्ने र कसैलाई उक्साउने र कसैलाई थच्याउने काम गर्न नहुने बताए । यसले नराम्रो प्रवृत्तिको विकास गर्ने उनको भनाई थियो । उनले विभिन्न व्यक्ति तथा नेतालाई लक्षित गरी स्ट्याटस हाल्दा आफ्नो मर्यादालाई ख्याल गर्नुपर्ने बताए ।उनले भने, ‘कसैले गल्ती गर्यो भने नियमनकारी निकायबाट त्यसको अनुगमन हुन्छ, कारबाही होला । तर, फ्याट्ट स्ट्याटस हाल्दा त्यो मान्छेको पनि मन दुख्ला । आफूलाई पनि गिल्टी होला । आज बोलेर भोलि फिर्ता लिनुभन्दा धैर्य गरेर छुट्टै बसेर सल्लाह गर्न सकिन्छ । म मेयरज्यूलाई यति भन्न चाहन्छु, तिम्रो जस्तो मुटु मेरो पनि नबोलाऊ मलाई निष्ठुरी भनी ।’
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच