राष्ट्रियसभाः प्राकृतिक विपद् पीडितलाई समयमै राहत उपलब्ध गराउन माग

काठमाडौ, ३० भदौः राष्ट्रियसभाको आइतबार बसेको बैठकमा सहभागीहरू । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

राष्ट्रियसभाः प्राकृतिक विपद् पीडितलाई समयमै राहत उपलब्ध गराउन माग

अर्थ चौतारी

राष्ट्रियसभाः प्राकृतिक विपद् पीडितलाई समयमै राहत उपलब्ध गराउन माग

A A- A+

काठमाडौँ, ३१ भदौ । सांसदहरुले बाढी, पहिरो, डुबान, हिमपहिरोलगायतका प्राकृतिक विपद्बाट पीडित भएकालाई समयमै राहत उपलब्ध गराउन माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा उनीहरुले पीडितले समयमै राहत पाउन नसक्दा उनीहरुको जीवन कष्टकर बन्दै गइरहेको उल्लेख गर्दै यथाशीघ्र राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

बैठकको शून्य समयमा सांसद नारायणदत्त मिश्रले कैलालीमा बाढीका कारण बासस्थान असुरक्षित बनेको र कृषि क्षेत्रमा असर गरिरहेको बताए ।

सांसद सोनाम गेल्जेन शेर्पाले हिमपहिरोका पीडितले हालसम्म राहत पाउन नसकेको र बासस्थान सुरक्षित नरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । “हिमपहिरोका पीडितले अहिलेसम्म राहत पाउन सकेका छैनन्, बासस्थान सुरक्षित छैन, तसर्थ उनीहरुको पुनःस्थापना र पीडित परिवारका लागि सरकारले समयमा नै क्षतिपूर्ति उपलब्ध गराउन सकोस्”, उनले भने ।

सांसद युवराज शर्माले राष्ट्रिय गौरवको आयोजनाको काम तोकिएको समयभन्दा बढी लाग्दा आयोजनाको लागत बढ्ने भन्दै समयमै आयोजना निर्माणको काम सम्पन्न गर्न सुझाव दिए । सांसद राजेन्द्रलक्ष्मी गैरै र सांसद सुरेशकुमार आलेमगरले पनि शून्य समयमा आफ्नो धारणा राखेका थिए। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?