कञ्चनपुरमा ५ किलो चरेससहित २ जना पक्राउ

कञ्चनपुरमा ५ किलो चरेससहित २ जना पक्राउ

अर्थ चौतारी

कञ्चनपुरमा ५ किलो चरेससहित २ जना पक्राउ

A A- A+

कञ्चनपुरः कञ्चनपुरमा प्रहरीले चरेस बरामद गरेको छ।

लागुऔषध व्युरो शाखा कार्यालयका प्रमुख वरिष्ठ सई केशव जोशी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट सई सुशील चन्दको कमाण्डमा खटिएको टोलीले चरेस बरामद गरेको हो। शनिबार बिहान ५ किलो चरेससहित २ जनालाई पक्राउ गरेको छ।

साथै उनीहरूबाट २ थान  मोबाइल समेत बरामद गरिएको छ। भीमदत्त नगरपालिका–३ ब्रहमदेव क्षेत्रबाट वडा नम्बर ६ सुकासालका ५३ वर्षीय शिवराज भट्ट र वेदकोट नगरपालिका सिसैयाका ३७ वर्षीय सुरेश सुनार चरेससहित पक्राउ परेका हुन्।  दुबैजनालाई थप अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?