कञ्चनपुरः कञ्चनपुरमा प्रहरीले चरेस बरामद गरेको छ।
लागुऔषध व्युरो शाखा कार्यालयका प्रमुख वरिष्ठ सई केशव जोशी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट सई सुशील चन्दको कमाण्डमा खटिएको टोलीले चरेस बरामद गरेको हो। शनिबार बिहान ५ किलो चरेससहित २ जनालाई पक्राउ गरेको छ।
साथै उनीहरूबाट २ थान मोबाइल समेत बरामद गरिएको छ। भीमदत्त नगरपालिका–३ ब्रहमदेव क्षेत्रबाट वडा नम्बर ६ सुकासालका ५३ वर्षीय शिवराज भट्ट र वेदकोट नगरपालिका सिसैयाका ३७ वर्षीय सुरेश सुनार चरेससहित पक्राउ परेका हुन्। दुबैजनालाई थप अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच