दुई सांसदमाथि गम्भीर आरोप लगाउँदै सुनसरीमा एमालेका २१३ जनाले गरे पार्टी परित्यागको घोषणा

दुई सांसदमाथि गम्भीर आरोप लगाउँदै सुनसरीमा एमालेका २१३ जनाले गरे पार्टी परित्यागको घोषणा

अर्थ चौतारी

दुई सांसदमाथि गम्भीर आरोप लगाउँदै सुनसरीमा एमालेका २१३ जनाले ...

A A- A+

काठमाडौं । गत आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचनलाई लिएर सत्तारुढ दल नेकपा एमाले सुनसरीमा किचलो सुरु भएको छ । गत निर्वाचनमा जितेको गढी गाउँपालिका ६ को वडाध्यक्षमा शर्मानाक हार ब्यहोरेपछि नेताहरुबीच आरोप-प्रत्यारोप सुरु भएको हो । नेताहरुबीच आरोप-प्रत्यारोप चलिरहँदा गढी गाउँपालिका ६ का वडा कमिटी अध्यक्षसहित २१३ जनाले बुधबार सामूहिक रुपमा पार्टी परित्यागको घोषणा गरेपछि विवाद सतहमा आएको हो

एमाले गढी गाउँपालिका ६ नं वडा कमिटीका अध्यक्ष चितनारायण खेरवारले बुधबार एक विज्ञप्ति जारी गर्दै सुनसरी ३ बाट निर्वाचित संघीय सांसद भगवती चौधरीको हैकमबादी प्रवृत्ति र कोशी प्रदेश सभा सदस्य रामदेव यादव र चौधरीको कारण वडामा पराजय ब्यहोरेको भन्दै सामूहिक रुपमा पार्टी परित्यागको घोषणा गरेका हुन् ।

एमालेले उपनिर्वाचनमा सन्तु उराँवलाई उम्मेदवार बनाएको थियो, भने प्रतिनिधि सभा सदस्य तथा केन्द्रिय सदस्यसमेत रहेकी पूर्वमन्त्री चौधरीलाई निर्वाचन परिचालन मूल समितिको संयोजक बनाईएको थियो । कोशी प्रदेशका सांसद रामदेव यादबलाई सह संयोजक तोकेको थियो । तर, सांसद चौधरीले हैकमबादी प्रवृत्ति देखाएको र यादवले नेपाली कांग्रेससँग पैसा खाएर एमालेलाई चुनाव हराएको खेरवारले आरोप लगाएका छन् ।

‘कमरेड रामदेव यादवले नेपाली काँग्रेसका तप्पन दाससँगको आर्थिक लेनदेनको हल्ला हात्तिमुडामा चल्नु र पालीका उपाध्यक्ष अनिता साहले जातीको आधारमा काँग्रेसका उमेदवारको पक्षमा भोट माग्दै हिँड्नु नै हाम्रो उमेदवारको पराजयको मुख्य कारण बनेको छ’ विज्ञप्तिमा भनिएको छ ‘यसर्थ निर्वाचनमा पार्टी भित्र नेतृत्व र कार्यकर्ताले गरेको अन्तर्घातको सत्य तथ्य पत्ता लगाउन जिल्ला पार्टीले निर्मम भएर छानबिन गर्ने नै छ । यस्तो परिस्थितिमा पार्टीको वडा कमिटीले यस क्षेत्रको सांसद भगवती चौधरीको हैकमबादी तथा सामन्ती दासत्व प्रवृत्ति स्वीकार्न असमर्थ छौं भन्ने ठहर गर्दै म पार्टी वडा कमिटी अध्यक्ष लगायत वडा कमिटीका कमरेडहरु, टोल कमिटीका कमरेडहरु लगायत पार्टी संगठित सदस्यहरू सहीत २१३ जनाले पार्टीको कुनै पनि जिम्मेवारीमा न रहने गरी आजै को मिति २०८१-०८-१९ गते बाट पार्टीको साधारण सदस्य समेत न रहने गरी पार्टी परित्याग गरेको घोषणा गर्दछौ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?