निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको सुनुवाइ भोलि

निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको सुनुवाइ भोलि

अर्थ चौतारी

निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको सुनुवाइ भोलि

A A- A+

काठमाडौं । निर्वाचन आयोगको आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ भोलि बुधबार हुने भएको छ । संसदीय सुनुवाइ समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार प्रधानको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारमा राखिएको छ । गत असार २ गते बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसको पत्र परिषदले असार ४ गते सुनुवाइ समितिमा पठाएको थियो । प्रस्तावित आयुक्तविरुद्ध संसदीय सुनुवाइ समितिले असार ७ गते उजुरी आह्वान गरेको थियो । सोही दिन समितिले असार २० र २१ गते प्रधानको संसदीय सुनुवाइ गर्ने सहितको कार्ययोजना तय गरेको थियो । तर, असार २१ गते हुने भनिएको सुनुवाइ रोकिएको थियो । रोकिएको सुनुवाइ भोलि बुधबार हुन लागेको हो । प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा समेत कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुबीच छलफल चलेको छ । उनको सुनुवाइ हुने वा नहुने अझै टुंगो नलागेको नेताहरु बताउँछन् । सुनुवाइ समितिले उजुरी आह्वान गर्दा प्रधानविरुद्ध यौन दुर्व्यवहारको उजुरी परेको थियो । सुनुवाइ समितिले उजुरीकर्ताहरुसँग छलफल गरिसकेपछि प्रधानको सुनुवाइ रोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?